सिरहा । सिरहा नगरपालिकाको जिन्सी शाखामा आइतबार राती आगो लागेको छ ।
नगरप्रमुख डा. नविन कुमार यादवका अनुसार जिन्सी शाख प्रमुखलाई पटक पटक जिन्सी सामान तथा फाइल जिम्मा लगाई बरबुझारत गर्न भन्दा पनि हाल नबुकझाएमा यही आउदो वैशाख ५ गते सम्म जिन्सी शाखाको सम्पूर्ण फाइल तथा अन्य जिन्सी सामानहरु बरबुझारत गर्नको लागि समय दिएको थियो । यसरी हेर्दा शंका उत्पन्न हुने ठाउँ छ, तर अनुसन्धान पछि विस्तृत आउने उनले बताए ।


नगरपालिकाको जिन्सी शाखामा विद्युत सर्किट सट भएर आगलागी भएको र आगलागीबाट जिन्सी शाखामा आर्थिक वर्ष २०७२/०७३ भन्दा अगाडीको स्रेस्ता, भौचर, बिलभपाई लगायतको कागजातहरु जलेर नष्ट भएको प्रशासन प्रमुुख बिनोद कुमार पासमानले बताएकाछन् ।

प्रशासन प्रमुख पासमानका अनुसार आइतबार राती करिब ८ बजेको समयमा जिन्सी शाखाको भ्यालबाट धुवा निस्केको देखिपछि नगरपालिकामै रहेको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।



