सिरहा । सहिद हेमनारायण गोल्डकपको उद्घाटन खेलमा क्षमादेवी प्लानिङ ब्वायज युनाईटेड विजयी सुरुवात गरेको छ ।
सिरहा सदरमुकाम स्थित क्याम्पसको खेल मैदानमा भएको उद्घाटन खेलमा ध्रुवतार स्पोर्टिङ क्वल झापालाई २–० गोल अन्तरले पराजित गरेको छ । युनाईटेडले खेलको दोस्रो मिनेटमा विशाल दर्जीको हेडमार्फत गरिएको गोलले अग्रता लिएको थियो । झापामाथि दबाब बनाएको युनाईटेडले गोल गर्न थप प्रयास गरेका थिए । मध्यान्तरसम्म युनाईटेड १–० ले अग्रता कायम गर्यो ।
मध्यान्तरपछिको सुरु भएको खेलमा ६०औं मिनेटमा अर्को गोल युनाईटेडले थप्यो । युनाईटेडका रोमन तामाङले गोल गर्दै टिमलाई २–० को अग्रतामा पुर्यायो । निर्धारित ८० मिनेटको खेलमा ब्वायज युनाईटेड हावी रहेको थियो । खेलको प्लयेर अफ दि म्याच ब्वायज युनाईटेडका विशाल दर्जी घोषित भएका छन् ।
प्रतियोगिता अन्र्तगत दोस्रो खेल वीरगंज युनाईटेड पर्सा र गोलबजार स्र्पोट्स कल्व सिरहावीच हुने भएको छ ।


नेपाल र भारतका गरी दश वटा टिमको प्रतियोगितामा सहभागिता रहेको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोग र सलहेश युवा कल्वको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक सलहेश युवा कल्व सहित मधेश प्रदेशका ४, बागमती प्रदेशका ३, कोशी प्रदेशका २ र भारतका एक टिम सहभागी रहेको छ । विजेताले नगद दुई लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार नगद, ट्रफी र मेडल प्रदान गरिने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।
उद्घाटनमा पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, पूर्व संविधानसभा सदस्यद्वय पारोदेवी यादव, आशा यादव लगायत नेकपा एमालेका नेताहरु, सिरहा नगरपालिकाका वडाअध्यक्ष र कार्यापालिका सदस्यहरुको उपस्थिती रहेको थियो । उद्घाटन शत्रमा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव र पूर्वमन्त्री श्रेष्ठले खेलकुदको विकास गर्नुपर्ने विषयमा आफ्नो तर्क राखेका थिए ।
https://www.facebook.com/ApanDainik/videos/1436521167091898



