हुलाकी राजमार्गको कनेक्टिभिटी कायम राख्न सिरहा र धनुषा जोड्ने कमला नदीमा बन्दै गरेको पक्की पुल डेढ वर्ष अघि भासियो । ११ वर्षदेखि निर्माणधीन अवस्थाको यो पुल भासिएपछि सिरहा र धनुषाका स्थानीयसँगै हुलाकी राजमार्ग भएर यात्रा गर्ने जोकोहीलाई अहिले अप्ठ्यारो सृजना भएको छ । वर्षाको बेला यो पुल भएर यात्रा गर्न सक्ने अवस्था छैन् । निर्माण कम्पनी लुम्बिनी बिल्र्डसले पुल निर्माण गर्न खासै चासो दिएको छैन् । जसले गर्दा सरर मोटरगाडी चढेर आउजाउ गर्ने जोकोहीलाई सास्ती खेप्नु परेको छ ।

त्यसो त अहिले सुख्खायाम अर्थात वर्षात रोकिएको बेला हो । कमला नदीमा भाँसिएको पुल भएर सर्वसाधारण ओहारदोहार गर्दैछन् । त्यसका निम्ति कहिले दुरव्र्यवहार त कहिले अन्य सास्ती मोल्नु परेको छ । जसमध्ये एउटा हो, कमला नदीको भाँसिए पुल चढ्न बनाईएको बाँसको अर्को अस्थायी पुल । त्यस अस्थायी बाँसको पुलमाथि चढेर भाँसिएको पुल चढ्नै एक सय रुपैयाँ तिर्नुपर्छ । यो एक प्रकारले अवैध असुली हो । त्यस बाँसको पुल भएर मूल पक्की भाँसिएको पुलमा चढ्न अवैध रुपमा एक सय रुपैयाँ उठाई रहँदा स्थानीय प्रशासनदेखि अन्य सरोकारवाला मौनता साँधेको छ ।

रकमकै लागि त्यहाँ परिचालित युवाहरुले आउजाउन गर्ने यात्रीहरुलाई दुरुव्र्यवहार समेत गर्ने गरेको गुनासाहरु सार्वजनिक भईसकेको छ । तैपनि कुनैपनि निकायले यसप्रति चासो दिएको पाईदैन् । सिरहा नगरपालिका ५ र ६ सँग जोडिएकोले स्थानीय सरकारले पनि चासो राख्नुपर्ने र नागरिकलाई सहज रुपमा आउजाउ गर्ने गरी समन्वय र सहयोग गर्नुपर्ने भएपनि यस्ता अवैध असुलीप्रति मौनता साँधेको छ । दैनिक सयौं मोटरसाईकल कमला नदीको भाँसिएको पुलबाट ओहोरदोहोर गर्दै आएको छ ।

स्थानीय प्रशासनले कमला नदीको पुलमा युवाहरुले गरिरहेको अवैध असुली रोक्न पहल गर्नुपर्छ । आम नागरिकलाई सहज र सुरक्षित यातायातको बन्दोबस्तीमा जुट्न जरुरी छ । यसमा स्थानीय सरकारले पनि प्रभावकारी निगरानी र नियमन गर्न जरुरी छ । सिरहाको सिरहा नगरपालिका र धनुषाको कमला नगरपालिकाले नागरिकले भोग्दै आएको सास्तीको समाधान गर्न पहल गर्नुपर्छ र अवैध असुली रोक्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय