यस वर्ष मंसिर सकिनै लाग्दा चिसो वढेको संकेत गरेको छ । मौसम परिवर्तनले गर्दा वुधवारदेखि सिरहा सहित तराई मधेशका जिल्लाहरुमा विहानैदेखि बाक्लो हुस्सु लागेको देखियो । विशेषगरी मंसिर पुस महिनामा तराई मधेशका गाउँ देहातमा सूर्यको घाम नलाग्ने गरी बाक्लो हुस्सु अर्थात शितलहर लाग्ने गर्छ । शितलहरले तराई मधेशको जनजीवन नै पूर्णत प्रभावित बन्ने गर्छ । यस पटक पनि शितलहर सुरु हुने हो कि भन्ने संकेत गरेको छ । विश्वभर जलवायुको परिवर्तनको असर देखिन्छ । मौसम विभागले पनि सुख्खायाममा वर्षाको संम्भावना कमजोर रहेको जनाउ दिएको छ । चाहिने जति वर्षा हुने सम्भावना नहुँदा दिनमा गार्मीको सामना गर्नुपर्ने अवस्था रह्ने मौसम विज्ञान विभागको भनाई छ ।
सिरहा सहित मधेशका जिल्लामा शितलहरबाट जोगिनु पर्छ । मुटु नै काम्ने गरी लामो शितलहरले तराई मधेशको जनजीवनमा व्यापक असर पुर्याउछ । जसले गर्दा दैनिक कामकाजदेखि एक प्रकारले यस क्षेत्रको जीवनचक्र नै ठप्प भएको झैं हुन्छ । शितलहरको दौरानमा पशुपंक्षीदेखि मानवलाई समेत कठिनाईको सामना गर्नुपर्छ । विगतको तथ्यांकलाई केलाउने हो, भने शितलहरका दौरान तराई मधेशका जिल्लाहरुमा कठ्याङ्एिर सयौंको ज्यान गईसकेको छ । त्यस कारणले यस शितलहरको जोगिनेमा विशेष साबधानी अपनाउनु पर्छ । मुटु काम्ने र रुघाखोकीदेखि स्वास्थ्यमा आउन सक्ने विभिन्न संक्रमणवाट बच्नु नै सहि र कारगर उपाय हो ।

सिरहामा विपन्नहरुको ठूलो संख्या र वस्ती छ । जहाँ न्यानो लुगाकपडादेखि पोषिलो खानेकुराको अभाव वर्षेनी हुने गर्छ । न्यानो लुगाकपडा नहुँदा र पोषिलो खानेकुराको अभावमा चिसोले धेरैलाई विभिन्न रोगको संक्रमणको जोखिम हुन्छ । त्यसकारणले स्थानीय तहदेखि विभिन्न संघसंस्थाले पनि विपन्न गरिबलाई जोगिने गरी आवश्यक साम्रगीको रुपमा रहेको न्यानो लुगाा, पोषिलो खानेकुराहरु पुर्याउनु पर्छ । त्यससँगै स–साना बालबालिकादेखि जेष्ठ नागरिकलाई विशेष हेरचार गर्नुपर्छ । झ्न उच्च रक्तचापका रोगीहरुको स्वास्थ्यको नियमिन निगरानी राख्नुपर्छ । न्यानो हुने गरी बस्ने, पोषिलो झोलयुक्त खानेकुरा खाने र स्वास्थ्यप्रति विशेष सजग रह्नु नै साबधानीको उपाय हो । यसतर्फ सवैले ध्यान पुर्याउनु पर्छ भने स्थानीय सरकारहरुले गाउँवस्तमा चिसोबाट जोगिन साबाधन अपनाउने गरी विभिन्न अभियानलाई अगाडी बढाउनु पर्छ ।



