सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले भोट दिएर जिताइसकेपछि काम सकियो भनेर नठान्न नगरवासीसँग आग्रह गरेका छन् ।

उनले निम्तो दिएपछि मात्रै आउने भन्दा पनि समय मिल्दा आएर सिरहाको विकासका लागि सल्लाह दिन विभिन्न क्षेत्रका अगुवाहरुसँग अनुरोधसमेत गरेका छन् ।

चुनौती धेरै भए पनि स्वीकार गरेरै मेयर बनेको बताउँदै उनले नगरवासीको साथ र सहयोग चाहिएको बताए । मेयर डा यादवले सिरहा सदरमुकामको विकास र निकासको निम्ति सडक क्षेत्र खाली गर्नुपर्ने मुख्य शर्त रहेकोले यसमा व्यवसायी र मुख्य सडकसँग टाँसिएर घर भएकाहरुले सहयोग गर्नुपर्ने बताएका छन् । ‘सुख, सुविधा लिन पनि नगरपालिकालाई सहयोग गर्न आवश्यक छ,’ मेयर डा यादवले भने,‘आजको त्यागले भोलीका दिनमा सिरहालाई सुन्दर, सफा र हराभरा बनाउन सकन्छ ।’

सफा र चिटिक्क सडक, सडकको दुवैतिर पैदलयात्रु लेन, व्यवस्थित ढल निकासी, फोहर व्यवस्थापन, वृक्षारोपण गरी सुन्दर र हराभरा बनाउने मेयर यादवले प्रतिबद्धता जनाएका छन् । आफ्नो स्पष्ट र प्रष्ट अडान सिरहालाई सुन्दर र हराभरा बनाउने रहेकोले सवैले सहयोग गर्नुपर्ने मेयर डा यादवको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय