सिरहा । नगरबासी तथा सम्पर्ण दाजु, भाई तथा दिदी बहिनीहरुमा सिरहा नगरपालिकाको तर्फबाट हार्दिक अनुरोधका साथ आवह्नान गरिन्छ कि विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) बाट बच्न र बचाउन हामी सबै सचेत र सजग भएका छौं । महामारीबाट बच्न र बचाउनको लागि सिरहा नगरपालिकाको तर्फबाट यहाँहरु सम्पुर्णलाई आ–आफ्नो सहयोग गर्न हार्दिक आह्वान गर्दछु । सरकारी कार्यालय, स्कुल, मठमन्दिर, मस्जिद जस्ता धार्मिक स्थल र वढी भिडभाड हुने स्थलमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दछु । अनावश्यक भिडभाड नगर्न, विदेशबाट आएका व्यक्तिहरुले त्यसको जानकारी वडा अध्यक्षलाई दिनु होला । कोरोनाको संक्रमणको जोखिमवाट जोगिन सावधान र सचेत हुन हार्दिक आग्रह गर्दछु ।



