सलार्हीका रामबाबु यादव र श्याम परदेशीको मिटर ब्याजीको ताण्डवले सृजनाको गरेको परिस्थिती जगजाहेर भईसकेको छ । अवैध रुपमा गरिने मिटर ब्याजी कारोबारका कारण तराई मधेशका कयौं घरपरिवार उजाड भईसकेको छ । घरवार विहिन भएकाहरुको यकिन विवरण राज्यसंग छैन् । विवाह, औषधी उपचार, शिक्षा, घरखर्चको नाउँमा तराई मधेशका गाउँघरमा ऋण लिने गरेको पाईन्छ । अति आवश्यक भनेर लिने गरेको ऋण गलफासो बन्ने गरेको छ ।

३ रुपैयाँ सयकडा ब्याज लिने भनेर कपाली गर्नेहरुलाई मिटर ब्याजीले घरखेत पनि लिलाम गरी कब्जा गरेको धेरै दृष्टान्त रहेको छ । लिएको ऋणको तेब्बर कपाली तमसुक बनाउने, घरजग्गा पास गर्ने र पछि ऋण तिर्दा पनि फिर्ता नदिई उल्टै कब्जा गर्ने दृश्कम जारी छ । यसमा मधेशका ठूलो समस्याको रुपमा देखिएको छ । ति मिटरब्याजीहरु अवैध कमाई गरिरहँदा राज्यलाई केही फाईदा पनि हुँदैन र ऋण लिएका ऋषीको अवस्था विजोग हुन्छ । पछिल्लो समय सञ्चारमाध्यमले मिटर ब्याजीको ताण्डवलाई प्राथमिकता दिएसँगै राज्य विस्तारै भएपनि एक्सन लिने अवस्थामा पुगेको छ ।

गृह मन्त्रालयले पत्राचार गरेपछि सिरहासँगै मधेशका कयौं जिल्लामा मिटर ब्याजी विरुद्ध उजुरी पर्न थालेको छ । मिटर ब्याजीलाई कारबाही गर्ने प्रयाप्त कानूनी स्पष्टता नभएपनि अन्य कानूनका आधारमा प्रशासनले कारबाही गर्न थालेको छ । जसले गर्दा केही हदसम्म मिटरब्याजीहरु तर्सित बन्न पुगेको छ । त्यससँगै जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक अपिल गर्दै मिटर ब्याज जस्ता गैरकानूनी कार्य रोक्न सजग र सचेतना अपनाउनु पर्नेमा जोड दिएको छ । ऋण लगायतको आर्थिक कारोबार गर्दा पालिकाबाट यर्थाथ प्रष्टाएर तमसुक बनाउन जिल्ला प्रशासनले सर्वसाधारणसँग अपिल गरेको छ ।
मिटर ब्याजीको ताण्डव रोक्न पालिकामा पुगेर लिएको ऋणको वास्तविक कपाली तमसुक बनाउनु पर्छ र त्यको प्रमाणिकरण गर्नुपर्छ । यसले राज्यको करको दायरामा पनि आउन सक्छ र भविष्यमा मिटर ब्याजीको शोषणलाई रोक्न मद्दत मिल्छ । यसका निम्ति स्थानीय तहहरुले व्यापक रुपमा गाउँगाउँमा सचेतना जगाउनु पर्छ । यसले नै मिटरब्याज र त्यस्ता शोषकहरुको नाटक मंचन रोक्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय