सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाको चालू आर्थिक वर्ष २०७९/०८० को ७६ करोड ५८ लाखको रुपैयाँको सार्वजनिक गरिएको छ ।
कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास तथा अन्य सामाजिक विकासमा जोड दिँदै कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साहले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
कल्याणपुर नगरपालिकाले विषयगत कार्यालय अन्र्तगत शिक्षामा १ करोड, स्वास्थ्यमा ६० लाख, कृषिमा ७५ लाख, पशु विकासमा १५ लाख, महिला तथा बालबालिकामा ५ लाख, न्यायिक समितिमा २७ लाख, विपद् व्यवस्थापनमा ७५ लाख, धर्म, संस्कृति प्रवद्र्धन तथा संरक्षणमा १५ लाख, खेलकुद कार्यक्रममा ५ लाख बजेट विनियोजन गरिएको सार्वजनिकीकरण कार्यक्रममा जनाईएको छ । कल्याणपुर नगरपालिकाले सम्पुरक कोषमा २ करोड, लक्षित वर्ग कार्यक्रममा २४ लाख गरी कूल ६ करोड १ लाख बिनियोजन गरेको छ ।

वडाहरुलाई ६०/६० लाख
यस्तै नगरसभावाट पारित गरिएको नीति तथा कार्यक्रम र बजेट अनुसार कल्याणपुर नगरपालिकाले १२ वटै वडालाई समान ६०/६० लाखको दरले बजेट दिने निर्णय गरेको छ । वडागत योजना सञ्चालन गर्न उक्त रकम विनियोजन गरिएको नगर प्रमुख साहले बताएका छन् ।
त्यससँगै नगरस्तरी मर्मत सम्भार ६० लाख, भैपरी आउने पुजीगत खर्च १ करोड, डिपिआर (सेवा परार्मश) कार्यपालिकाको निर्णय अनुसार १ करोड, भोक्राहा जाने लोहजारा नदिमा पुल निर्माण लखना चौक वडा–१ मा २० लाख, दोनवारीको सडक ढलान देखि चतरी बजार जाने मुल सडक ढलान कार्य २० लाख, साविक वडा–५ ठकु यादवको घरदेखि पश्चिम पोखरीमा ढुंगा जालि लगाउने तथा सडक निर्माण कार्य २५ लाख, शंकर मन्दिरको अधुरो मन्दिर निर्माण कार्य २० लाख, कट्टीको मुल सडक, रामप्रकाश मण्डलवाला सडक र मुसहरीको सडक ढलान साथै महादेव मन्दिरको छत ढलान कार्य १५ लाख, अरंगको अधुरो शिव मन्दिर निर्माण कार्य ४ लाख, अरंगको सदगुरु कवीर आश्रमको माथिल्लो तल्ला निर्माण र सौन्दर्यकरण कार्य ६ लाख गरी ३९ वटा योजनाको लागि ६ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्ष २०७९/०८० को अन्र्तगत संघीय र प्रदेश सम्पुरक, विषेश र सर्शत अनुदान योजना अन्तर्गत महुलियादेखि डडौल जाने ढलान सडक देखि पश्चिम सडक ढलान वडा–४ प्रदेश सम्पुरक २० लाख, नेजाबावा थानदेखि प्रसाही संचिरैया हुँदै विष्णुपुर गापा जाने सडक कालोपत्रे गर्ने कार्य वडा–३ संघीय सम्पुरक ८० लाख, तराई मधेश समृद्धि कार्यक्रम संघीय सर्शत अन्तर्गत नभकाटोल देखि डोकहा सम्म सडक ढलान कार्य वडा–११ मा २५ लाख, चिकनामा पानी देकीं निर्माण कार्य वडा–५ मा २५ लाख, सटर सहितको पक्की भवन निर्माण कार्य वडा–१२ मा २५ लाख, सोलार बत्ति जडान कार्य २५ लाख, डुमरीमा खानेपानी टेकीं निर्माण कार्य वडा–९ संघीय विषेश अनुदान १ करोड, जेष्ठ नागरिक बृद्धा आश्रम निमार्ण कार्य वडा–११ संघीय विषेश अनुदान ८० लाख गरी ८ वडा योजनाको लागि ३ करोड ८० विनियोजन गरिएका नगर प्रमुख साहले जनाएका छन् ।

न्यायिक समिति अन्तर्गत न्यायिक समितिको पदाधिकारी, कर्मचारी एवं मेलमिलापकर्ताहरुको न्यायिक क्षमता अभिबृद्धि सम्बन्धी पुन :ताजगी कार्यक्रम गर्न १३ लाख, न्यायिक समिति तथा मेलमिलाप केन्द्र व्यवस्थापन गर्न ४ लाख र अन्य कार्यक्रम खर्च १० लाख गरी २७ लाख विनियोजन गरिएको छ ।
नगरप्रमुख साहको अध्यक्षतामा भएको सार्वजनिकीकरण कार्यक्रममा उपप्रमुख रेखा कुमारी यादव, वडाअध्यक्षहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत बद्री नारायण यादव लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय