sf7df8f}F, @* ebf} . /fli6«o lrof tyf skmL ljsf; af]8{ / g]kfn s[lif cg’;Gwfg kl/ifbaLr cfOtaf/ s[lif tyf kz’k+IfL ljsf; dGqfnodf ;Demf}tfkqdf x:tfIf/ sfo{qdnfO{ ;Daf]wg ub}{ dGqL 3gZofd e’;fn . t:jL/ M rG›snf If]qL, /f;;

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारवाहीको सिफारिस गरेको छ’, बडालले भने ।

स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत् अध्यक्ष ओलीको आलोचना गरेका थिए । ‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारवाही हुन्छ’, अध्यक्ष बडालले भने ।

पार्टी विधान बमोजिम आवश्यक कारवाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय