#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपालिका

सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सिरहालाई नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
नवनिर्वाचित कार्यपालिका सदस्यहरुको वुधवार सपथ ग्रहण गराउँदै मेयर डा यदवले सवैको सहकार्य, समन्वयमा मतदाताले दिएको जिम्मेवारी पूरा गर्न आफू तयार रहेको बताएका छन् । सिरहा नगरपालिकालाई नमुना, सुन्दर, हराभर र स्वच्छ बनाउन हामीसवैलाई मतदाताले निर्वाचित गराएको भन्दै मेयर डा यादवले कार्यपालिकाका सम्पूर्ण सदस्य र नगरसभाका सदस्यहरुले आआफ्नो दलभन्दा माथी उठेर नगरवासीको हित हुनेमा मिलेर अगाडि बढ्नु पर्न बताएका छन् ।

सिरहा नगरपालिका क्षेत्रमा रहेको शैक्षिक संस्था, स्वास्थ्यका ईकाइहरुलाई गुणस्तरीय र स्तरीय बनाउँदै लैजानु पर्ने भन्दै उनले यसमा सवैको भूमिका महत्वपूर्ण भएको बताएका छन् । ‘शिक्षा, स्वास्थ, वर्षाले हुनेडुवान, ढल निकासी, सिंचाई, मल खाद्यको व्यवस्थापन जरुरी छ,’ मेयर डा यादवले भने,‘त्यससँगै जिल्लाको मुटु सिरहा भएकोले उचित व्यवस्थापन, सुन्दर र हराभरा बनाउनु पर्छ ।’

एक अलग प्रसंगमा मेयर यादवले सिरहा नगरपालिकाका निर्वाचित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई भ्रष्टाचार विरुद्धको अभियानमा होमिन आग्रह गरेका छन् । उनले सिरहा सदरमुकाम रहेका सरकारी कार्यालयमा भईरहेको भ्रष्टाचार, ढिलासुस्ती र कमिसनको खेलको अन्त गर्नुपर्ने बताए । यसका निम्ति सवै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको दायित्व रहेको भन्दै मेयर डा यादवले सरकारी कार्यालयहरुमा नागरिकलाई सहज रुपमा सेवा पाउने सुनिश्चितताको निम्ति सिरहा नगरपालिकाका सवैजना मिलेर भ्रष्टाचार जालो तोड्ने पर्ने बताएका छन् ।

नवनिर्वाचित कार्यपालिका सदस्यहरुको सपथ ग्रहणमा कार्यक्रमा सिरहा नगरपालिकाका ११ का वडाअध्यक्ष विनोद कुमार कामती, वडा नम्बर २२ का वडा अध्यक्ष जिवछ नारायण यादव, वडा नम्बर १२ का वडाअध्यक्ष शंकर झा, वडा नम्बर १७ का वडा अध्यक्ष उमेश प्रसाद यादवले शुभकामना दिएका थिए । यस्तै वैठकले मतदातालाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय