काठमाडौं । सरकारले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रियालाई अगाडि बढाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएकी हुन् । उनका अनुसार रंगशालाको अधुरो काम टुंगोमा पुर्याउन समन्वय र सहजीकरणको काम सरकारले गर्ने भएको छ ।




