सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। गोलबजार नगरपालिका प्रमुखमा नेकपा एमालेवाट श्याम श्रेष्ठ दुई हजार दुई सय सात  मतान्तरले विजयी भएको हो । उनले सात  हजार नौ सय ८ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रवाट निवर्तमान प्रमुख देवनाथ साहले पाँच हजार सात सय एक मत पाएका छन् । नेपाली कांग्रेसका राजदेव साह हलुवाइले चार हजार ६ सय ५९ मत पाएका छन् ।

उपप्रमुखमा नेकपा एमालेवाट मान्ती साह दुई हजार ६० मतान्तरले विजयी भएकी छिन् । उनले सात  हजार सात सय तीन  मत पाएकी छिन् भने निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका निवर्तमान उपप्रमुख रेशम कुमारी थापाले पाँच  हजार ६ सय ४३ र नेपाली कांग्रेसकी शान्ती सदायले  चार हजार नौ ६५ मत पाएकी छिन् ।

यससँगै सिरहा जिल्लाको १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते गोलबजार नगरपालिका ११ मा वर्षाको कारणले करिब चार सय मतदाताले मत खसाल्न नसक्दा जेठ ३ मा चुनाव भएको थियो । ढिलो गरि चुनाव भएर मतपरिणाम सार्वजनिक गर्न ढिलाइ भएको निर्वाचन अधिकृतको कार्यालय गोलबजारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय