सिरहा । नगरस्तरीय फटबल प्रतियोगितामा नयाँ किर्तिमान कायम भएको छ । वडा नम्बर ८ महिसौथाका रामबाबु दासले एकै खेलमा सवैभन्दा वढी गोलको किर्तिमान कायम गरेको छ ।

May be an image of 7 people and text

सिरहा सदरमुकाम स्थित सूर्यनारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा वडा नम्बर ३ लाई ७ गोलले हराउने क्रममा रामबाबुले किर्तिमान कायम गरेको छ । खेलको सुरुवाती गोल २७औं मिनेटमा गरेको रामबाबुले पाँच गोल गरी किर्तिमान कायम गरेको छ । उनले खेलको २७औं, २९औं, ४१औं, ५६ औं र ५७ औ मिनेटमाम गोल गर्दै किर्तिमान कायम गरेको छ ।

May be an image of 9 people, people playing soccer, people playing football and text

वडा नम्बर ८ वाट सुभान राईनले खेलको ३६औ र धर्मदेव यादवले खेलको ६०औं मिनेटमा गोल गरेसँगै ७ गोल अन्तरले विजयी भएको छ । रामबाबुलाई खेलको प्यलेर अफ दि म्याच घोषित गरिएको छ ।
यसैगरी अर्को खेलमा वडा नम्बर ७ ले राजा मेस्तरको लगातार ह्याट्रिक गोलको मद्दतले वडा नम्बर २२ लाई ४–२ गोल अन्तरले पराजित गरेको छ । राजा मेस्तले खेलको पहिलो गोल ४१औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको ६८औं र ७२औं मिनेटमा गोल गर्दै राजाले आफ्नो प्रतियोगितमा दोस्रो ह्याट्रिक गोलको किर्तिमान पनि बनाएका छन् । वडा नम्बर ७ राजा सलहेश टिमबाट विवके पासमानले १ गोल गरेका थिए । जवाफमा वडा नम्बर २२ हकपाराको तर्फबाट खेलको ३५औं मिनेटमा सरोज यादव र ४६औं मिनेटमा सुशिल मण्डलले गोल गरेका थिए । प्रतियोगितामा दोस्रो ह्याट्रिक पूरा गर्न सफल भएका राजालाई प्लेयर अफ दि म्याचको अवार्ड प्रदान गरिएको छ । वडा नम्बर ७ राजा सलहेश टिम सेमिफाईनल प्रवेश गरेको छ ।

May be an image of 6 people and text

पहिलो सेमिफाईन खेल वडा नम्बर ११ भलुवाही र वडा नम्बर ७ राजा सलहेश टिमवीच हुने आयोजकले जनाएको छ ।
माघ २ गते फाईनल खेल हुने भएको छ । फाईनल खेलका विजेता टोलीले नगद ५० हजार र उपविजेता टोलीले २५ हजार सहित टफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । प्रतियोगिताको आर्थिक सहयोग सिरहा नगरपालिकाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!