सिरहा । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित नगर स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ९ ठेंगही लगातार दोस्रो जित प्राप्त गरेको छ ।
सदरमुकाम सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा वडा नम्बर ९ ठेंगहीले वडा नम्बर १२ सारस्वरलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।

वडा नम्बर ९ ठेंगहीवाट जर्सी नम्बर ८ का सूर्य नारायण यादवले खेलको २४औं मिनेटमा पहिलो गोल गरेका थिए । हापटाईसम्म एक गोलले अग्रता लिएको ठेंगहीले त्यसपछि गोलको वर्षा नै गरेको थियो । खेलको ४६औं मिनेटमा जर्सी नम्बर १६ का संजय कुमार यादव, खेलको ६३औं मिनेटमा जर्सी नम्बर २ का सुशान्त यादव, ६९औं मिनेटमा जर्सी नम्बर १० का प्रविण यादव र ७५औं मिनेटमा जर्सी नम्बर १२ का अमोद कामतीले गोल गर्दै ५ गोलको अग्रता कायम गरेको थियो । वडा नम्बर १२ सारस्वरको तर्फबाट सान्तवना गोल जर्सी नम्बर २ का अनावारुल राईनले खेलको ८०औं मिनेटमा गरेका थिए ।
लगातार दोस्रो जितसँगै वडा नम्बर ९ ठेंगही सेमिफाईन प्रवेश गरेको छ । खेलको प्लयेर अफ दि म्याचको अवार्ड वडा नम्बर ९ ठेंगहीका सुशान्त कुमार यादवलाई प्रदान गरिएको छ ।

यसैगरी आज दुई खेल हुने भएको छ । पहिलो खेल वडा नम्बर ७ राजा सलहेश र वडा नम्बर २२ हकपारावीच हुने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । यस्तै दोस्रो खेल वडा नम्बर ३ मखनाहा र वडा नम्बर ८ महिसौथावीच हुने आयोजकले जनाएको छ ।
माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार र उपविजेता टोलीलाई नगद २५ हजार प्रदान गर्ने अध्यक्ष यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!