काठमाडौं । एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा बहराइनसँग ३–१ सेटले पराजित भएको छ ।

पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार बेहोरेको हो ।

पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो ।

नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ । इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!