सिरहा । मधेश प्रदेश क्रिकेट संघको अध्यक्षमा सुनिल कुमार महासेठ निर्वाचित भएका छन् ।

बाराको कलैयामा भएको दोस्रो अधिवेशनवाट अध्यक्षमा महासेठ १८ मतान्तरले निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित महासेठले ३१ मत पाएका थिए भने प्रतिद्वन्दी हिरा भगतले १३ मत पाएका थिए । अध्यक्ष र उपाध्यक्षवीच नै अध्यक्ष पदमा दावी प्रस्तुत गरिएको थियो ।
यस्तै उपाध्यक्षमा पवन कुमार गुप्ता (रौतहट), सचिवमा आयुष श्रेष्ठ (सप्तरी), कोषाध्यक्षमा सुभाष जयसवाल (बारा) निर्वाचित भएका छन् । ९ जना सदस्यमा सतिश कुमार सिंह (सप्तरी), शत्रुधन प्रसाद साह (सलार्ही), प्रमोद साह (रौतहट), राजिव कुमार झा (महोत्तरी), मुकेश कुमार साह (महोत्तरी), आकाश पाण्डे (धनुषा), विकल कुमार विष्ट (सिरहा), बाबुजान अन्सारी (पर्सा) र अनिल कुमार चौलागाई (बारा) रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!