रौतहट र सिरहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिमरा रंगशालामा मंगलबार भएको खेलमा धनुषालाई हराउँदै रौतहट र सप्तरीलाई हराउँदै सिरहा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो खेलमा सिरहाले सप्तरीलाई ३-१ गोल अन्तरले पराजित गर्यो । सिरहाको जितमा सुजन मगर, अनिल मगर र उद्धव घलेले समान एक-एक गोल गरेका थिए । सप्तरीका लागि निरज चौधरीले एक गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सिरहाका अमन लामा म्यान अफ द म्याच घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले नगद २५०० सहित ट्रफी प्रदान गरेका थिए ।

यसैगरी दोस्रो खेलमा धनुषालाई १-० गोल अन्तरले पराजित गर्दै रौतहट जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गर्यो । रौतहटको जितमा सन्देश चौधरीले निणर्ायक गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत रौतहटका गोल रक्षक मिरोज धामी म्यान अफ द म्याच घोषित भए ।

उनलाई पनि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले नगद २५०० सहित ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ४ बजे सर्लाही र सप्तरी जिल्ला फुटबल संघबीच हुनेछ भने दोस्रो खेल बारा र सिरहा जिल्ला फुटबल संघबीच हुनेछ ।

मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा सोमबारदेखि शुरु भएको दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिता असार १६ गतेसम्म सन्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय