सिरहा । सिरहा नगरपालिकामा नगर स्तरीय छात्रा फुटबल प्रतियोगिताको फाइनल खेलमा जनता माध्यमिक विद्यालय लक्षिमिनियालाई पराजित गर्दै चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाले जित हासिल गरेको छ ।


नगर स्तरीय छात्रा फुटबल प्रतियोगिताको फाइनल खेलमा नगरपालीकाकी उपमेयर बविता कुमारी साहले छात्राले कहिले पनि यसरी मैदानमा खेल्ने अवसर नपाएकाले उनीहरूको आँट, जोस र प्रतिवद्धता प्रशंसायोग्य रहेको बताइन् ।

सिरहा नगरपालिकाको आर्थिक सहयोग र सलहेश युवा कल्वको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयले सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार र दश हजार रुपैया पुरस्कार प्रदान गरिएको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।



