सिरहा । सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगितामा सलहेश युवा कल्व फाईनल प्रवेश गरेको छ ।

सिरहा क्याम्पस खेल मैदानमा दोस्रो सेमिफाईनल खेलमा घरेलु टोली सलहेश युवा कल्व १–० गोल अन्तरले विजयी हुँदै फाईनल प्रवेश गरेको छ । घरेलु टोलीले उदयपुर फुटबल कल्वलाई पराजित गरेको छ । मध्यान्तरसम्म दुवै टोलीबाट गोल हुन सकेन् । मध्यान्तरपछि सलेहश युवा कल्वका विदेशी खेलाडी यानिकले एक मात्र निर्णायक गोल गर्न सफल भएका थिए ।

दुवै टोलीबाट गोल गर्ने प्रयत्न भएपनि त्यसलाई गोलमा परिणत गर्न असफल भएका थिए । खेलको प्लेयर अफ दि म्याचको अवार्ड सलहेश युवा कल्वका विदेशी अनबन्धित खेलाडी यानिकलाई प्रदान गरिएको छ ।
प्रतियोगिता अन्र्तगत फाईनल खेल घरेलु टोली सलहेश युवा कल्व र वीरगंज युनाईटेड पर्सावीच अगामी शुक्रवार हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय