सिरहा । सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सलहेश युवा कल्व विजयी भएको छ ।
सिरहा क्याम्पसको खेल मैदानमा सलहेश युवा कल्वले हेटौडा फुटबल एकेडेमी मकवानुपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलको प्लयेर अफ दि म्याच सलहेश युवा कल्वका सिजन थापा घोषित भएका छन् ।

प्रतियोगिता अन्र्तगत मंगलवार क्षमादेवी प्लानिङ व्वायज काठमाडौं विरुद्धमा वीरगंज युनाईटेड पर्सावीच हुने भएको छ ।
विजेताले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार राशी प्रदान हुने प्रतियोगिता अगामी शुक्रवारसम्म चल्नेछ ।



