सिरहा । सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत शनिवार भएको खेलमा वीरगंज युनाईटेड पर्सा विजयी भएको छ ।
वीरगंज युनाईटेडले १–० गोल अन्तरले बागमती युवा कल्व सलार्हीलाई पराजित गरी सेमिफाईनल प्रवेश गरेको छ । वीरगंज युनाईटेडकालागि अमर डंगोलले एक मात्र निर्णायक गोल गरेका थिए । डंगोललाई प्लयेर अफ दि म्याचको अवार्ड प्रदान गरिएको छ ।

आईतवर माँ कमाख्या स्र्पोट्स कल्व बनारस र गाईघाट फुटबल कल्व उदयपुरवीच खेल हुने तय भएको प्रतियोगिता आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।



