काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ ।

विश्वकपमा केही व्यक्तिगत पुरस्कारहरु समेत राखिएको छ । जुन कसले जित्ला भनेर सबैलाई चासो हुन्छ । त्यसमध्ये गोल्डेन बुट अवार्ड एक हो ।

प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यदी एक भन्दा बढी खेलाडीले समान गोल गरेमा गोलका लागि गरेको सहयोग गणना गरिन्छ । यदी एक भन्दा बढी खेलाडी गोल र एसिस्ट पनि उति नै गरेका छन् भने प्रतियोगितामा थोरै मिनेट खेलेको आधारमा विजेता छानिनेछ ।

धेरै गोल गर्नेमा दोस्रो हुनेले शिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउनेछन् । चार वर्षअघि रुसमा भएको विश्वकपमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यसपटक केनको टिम क्वाटरफाइनलबाटै बाहिरिसकेको छ ।

सेमिफाइनलमा पुगेका चार मध्ये फ्रान्स र अर्जेन्टिनाका खेलाडी गोल्डेन बुटको दौडमा अगाडि छन् । फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले समान ४ गोल गरेका छन् ।

तीन गोल गर्ने ७ खेलाडी भने यस होडबाट बाहिरिसकेका छन् । उनीहरु खेल्ने देश विश्वकपबाट बाहिरिसकेकोले ७ खेलाडीको चुनौती सकिएको छ । पोर्चुगलका गोन्सालो रामोस, स्पेनका अल्भारो मोराटा, इंग्ल्याण्डका मार्कोस रासफोर्ड र बुकाय साका, इक्वेडरका इनर भ्यालेन्सिया, ब्राजिलका रिचार्लिसन र नेदरल्याण्ड्सका कोडी गाक्पोले ३ गोल गरेका थिए ।

पोर्चुगलका रामोस एकै खेलमा तीन गोल गर्दै जारी विश्वकपमा ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् ।

२१ खेलाडीले २-२ गोल गरेका छन् । जसमध्ये १८ खेलाडी यो होडबाट बाहिरिसकेका छन् । सेमिफाइनल पुगेका मध्ये अर्जेन्टिनाका युलियन अल्भारेज, क्रोएसियाका आन्द्रे क्रामारिक र मोरक्कोका युसुफ एन नेस्री भने अझै पनि होडमा छन् ।

केलियन एमबाप्पे (फ्रान्स)

२३ वर्षीय युवा स्टार एमबाप्पेले जारी विश्वकपमा सर्वाधिक ५ गोल गरिसकेका छन् । उनले दुई असिस्ट समेत गरेका छन् ।

समूह डी को पहिलो खेलमा अष्ट्रेलिया विरुद्धको खेलमा गोलको खाता खोलेका उनले दोस्रो खेलमा डेनमार्क विरुद्ध दुई गोल गरे ।

समूह चरणको तेस्रो खेलमा ट्युनिसिया विरुद्ध भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले गोल गर्न सकेनन् । एमबाप्पेकै दुई गोल मद्दतमा फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले पराजित गरेको थियो ।

तर क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई हराउँदा भने उनले गोल गर्न सकेनन् । दुई असिस्ट समेत गरेका र दोस्रो स्थानमा रहेका लिओनल मेसी भन्दा थोरै मिनेट खेलेका कारण पनि एमबाप्पे गोल्डेन बुट होडमा दाबेदारको रुपमा छन् ।

लिओनल मेसी (अर्जेन्टिना)

वर्तमान पुस्ताको उत्कृष्ट मध्ये एक अर्जेन्टिनाका कप्तान लिओनल मेसीले जारी विश्वकपमा ४ गोल र २ असिस्ट गरेका छन् ।

३५ वर्षीय मेसीले यो विश्वकप नै आफ्नो अन्तिम हुने बताइसकेका छन् । त्यसैले उनी विश्वकप उपाधि जित्दै आफ्नो ट्रफी क्याविनेटलाई पूर्ण बनाउन चाहन्छन् ।

२०१४ मा विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितिसकेका मेसीले गोल्डेन बुट भने जित्न बाँकी छ । अर्जेन्टिनाले फाइनल पुग्दै उपाधि जितेमा मेसीले यो अवार्ड पनि जित्ने सम्भावना छ ।

मेसीले समूह सी को पहिलो खेलमा साउदी अरेबिया विरुद्ध पेनाल्टीमा गोलको खाता खोलेका थिए । तर उक्त खेलमा अर्जेन्टिना साउदीसँग २-१ ले स्तब्ध भयो ।

समूहको दोस्रो खेलमा मेसीले एक गोल गर्नुका साथै एन्जो फर्नान्डेजका लागि असिस्ट गरेका थिए । पोल्याण्ड विरुद्ध भने उनले पेनाल्टी प्रहार गरे पनि गोल गर्न असफल भए ।

अन्तिम १६ मा अष्ट्रेलिया विरुद्ध २-१ को जितमा मेसीले एक गोल गरेका थिए ।

क्वाटरफाइनलमा मेसीले नेदरल्याण्ड्स विरुद्ध एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए ।

७ पटकको बालोन डी’ओर विजेता मेसीले आफ्नो करियरमा क्लब करियरमा सबै खाले अवार्ड जितिसकेका छन् ।

यसपटक विश्वभरका फुटबल समर्थक मेसीले विश्वकप ट्रफी उचालेको हेर्न चाहन्छन् ।

ओलिभर जिरुड (फ्रान्स)

फ्रान्सका ३६ वर्षीय जिरुडले जारी विश्कवमपा मेसीलस मान ४ गोल गरेका छन् । उनले असिस्ट भने गरेका छैन । जिरुडले यसै विश्वकपमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् ।

समूह डी को पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध दुई गोल गर्दै उनले फ्रान्सका लागि सर्वाधिक ५१ गोल गर्ने थियरी हेनरीको कीर्तिमान बराबरी गरेका थिए । त्यसपछि समुहको दुई खेलमा उनले गोल गरेनन् ।

अन्तिम १६ मा पोल्याण्ड विरुद्ध २-१ को जितमा एक गोल गर्दै जिरुडले प्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाएका थिए । उनले ११७ खेलमा उक्त उपलब्धि हासिल गरे ।

इंग्ल्याण्ड विरुद्ध क्वाटरफाइनलमा २-१ को जित निकाल्दा जिरुडले विजयी गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!