
१७ कात्तिक, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह ‘बी’मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हाे ।
यस समूहमा नेपालसँगै युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।

यस समूहको छनोट खेल प्यालेस्टाइनले आयोजना गर्नेछ । छनाेटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म हुनेछ ।
यू-२० महिला एसियन कपका लागि ३१ टोलीले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ ।