बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेश बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेका छन्।

मुलपानी मैदानमा सम्पन्न दिनको पहिलो सेमिफाइनल खेलमा बलियो प्रदेश १ लाई ५ विकेटले हराउंदै बलियो बागमती फाईनल प्रवेश गरेको हो।

र्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बलियो प्रदेश १ ले ६३ रन जोडेको थियो। उसका रबिन मण्डलले १५ र सिवांश बजगाईले १४ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन। बलियो प्रदेश १ लाई सस्तैमा रोक्न बलियो बागमतीका कप्तान युवराज खत्रीले २ ओभरमा १० रन खर्चिएर ३ विकेट चट्काए।

जवाफमा ६४ रनको लक्ष्य बलियो बागमतीले १०.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। बागमतीको जितमा समिर विस्टले १७ रन बनाए। खेलको प्लेयर अफ दि म्याच बलियो बागमतीका कप्तान युवराज खत्री घोषित भए।

यस्तै दिनको दोस्रो सेमिफाइनल खेलमा बलियो लुम्बिनी माथि २ विकेटको रोमाञ्चक जित दर्ता गर्दै बलियो मधेश प्रदेश फाईनल प्रवेश गरेको छ।

१९ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै बलियो लुम्बिनी प्रदेशले ७ विकेटको क्षतिमा १०० रन जोडेको थियो। उसका लागि सन्दिप गौतमले २३ रन र अनुज ठकुरीले १७ रनको योगदान गरे। बलिंग तर्फ बलियो मधेशका साईमन रोएले ४ ओभरमा केवल ५ रन खर्चिएर २ विकेट हात पारे।

जवाफमा १०१ रनको लक्ष्य पछ्याएको बलियो मधेश प्रदेशलाई ३ बलमा २ रन आवश्यक रहंदा साईमन रोएले छक्का प्रहार गर्दै खेल जिताए। २ विकेटको रोमाञ्चक जित दर्ता गर्ने क्रममा बलियो मधेशका लागि रंजन यादवले २५ र साईमन रोएले अविजित २४ रन बनाए।

बलियो लुम्बिनीका लागि करन घर्ति मगरले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट हात पारेपनि टोलीलाई जित दिलाउन सकेनन

प्रतियोगिताको फाइनल खेल सोमबार १० बाट सुरुहुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय