सिरहा । नेपाली काँग्रेसको सिरहा नगर सभापतिमा अशिषलाल यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।
नगर अधिवेशनवाट सर्वसम्मत रुपमा उनलाई सभापति चयन गरेको छ । यस अघि नगरअधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवले उद्घाटन गरेकी थिईन् । उनले नेपाली काँग्रेसलाई सुदृढ बनाउन सवैले एकताबद्ध भई अगाडी बढ्नुपर्नेमा जोड दिएकी थिईन् ।
सिरहा जिल्लाको १७ स्थानीय तहमध्ये बरियारपट्टी गाउँपालिका सभापतिमा योगेन्द्र यादव, नवराजपुर गाउँपालिका सभापतिमा संजय यादव, मिर्चैया नगर सभापतिमा रमेश न्यौपाने, नरहा गाउँपालिका सभापतिमा कमल प्रसाद मण्डल सर्वसम्मति चयन भएका छन् ।
धनगढीमाई नगरपालिका, कल्याणपुर नगरपालिका, विष्णुपुर गाउँपालिका लगायतमा सर्वसम्मत रुपमा सभापति लगायतका नगर समिति चयन हुन सकेको छैन् ।




