
पृष्ठभूमि
टोल भनेको केवल केही घरहरूको समूह मात्र होइन यो त पहिचानको एउटा केन्द्र हो। टोलमा जन्मिएको बालकले त्यहाँका धूलो(माटोमा खेल्दै, साथीभाइसँग रमाउँदै हुर्किन्छ। त्यहाँको चौतारी, खेतबारी, मस्जिद, विद्यालय—यी सबैले बचपनको याद बोकेका हुन्छन्। तर, आज म यो सोच्न बाध्य छु—के मेरो टोल अब उस्तै नै छ ? टोल मेरो अस्तित्वको आधार हो। यहाँ मेरो पहिचान छ, मेरो सपना छ, र मेरो भविष्य बुन्ने प्रेरणा छ। तर, जब म आज मेरो टोल तिर हेर्छु, म एक्लो महसुस गर्छु। म कहाँ जन्मे, हुर्किए, खेलें, जहाँ मेरा बाल्यकालका मित्रहरू थिए, त्यो टोल आज सुनसान छ।
ईद उल-फित्रको महत्त्व र इतिहास

ईद उल-फित्र इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक हो। यो रमजान महिनाको एक महिनासम्मको रोजा (उपवास) समाप्त भएपछि मनाइन्छ। रमजान इस्लाम धर्मको नवौँ महिना हो, जसमा मुस्लिमहरूले बिहानदेखि साँझसम्म खाना-पानी नखाई, इबादतमा ध्यान दिन्छन्। रोजाको मुख्य उद्देश्य आत्मसंयम, भक्तिभाव, दानशीलता, र आध्यात्मिक शुद्धिकरण हो।
अशक्तलाई दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन रहेको हैदरले बताए ।
‘शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खालगायत हानिकारक खाद्यपदार्थ खाने बानीमा परिवर्तन आउँछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन’, उनले भने ।
ईदको दिन विशेष नमाज पढिन्छ, आपसी प्रेम, भाइचारा, र एकता प्रकट गरिन्छ। गरिब र अभावग्रस्त व्यक्तिहरूलाई दान (फित्रा) दिनु अनिवार्य मानिन्छ। रमजानको एक महिनापछि आउने यो पर्वले खुशी, आत्मशुद्धि, र सामूहिकताको भावना बलियो बनाउँछ।
सुख, शान्ति र समृद्धिका ‘एत्तकाब’
इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको २०औँ दिनमा मस्जिदमा एत्तकाब बस्ने गर्दछन् । रमजान महिनालाई तीन भागमा विभाजित गरी यो पर्व मनाइन्छ । पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २०औँ रोजापछि सुरु हुने तेस्रो आसरा नर्कबाट मुक्ति’ प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने चलन रहेको छ । एत्तकाब मुसलमान समुदायका लागि मात्र नभएर संसारका हरेक मानव जातिका लागि सुख , शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो । एत्तकाबमा बस्ने मानिसले मौन रही घरपरिवार, इस्टमित्र, व्यापार तथा अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता रहेको छ ।
इदउलफित्र
इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको २९औँ दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने तयारी गरिरहेका छन् । ‘इदउलफित्र’को दिन कोही मस्जिदमा, कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन् ।
नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर मुबारक बाद साटासाट गर्छन् भने घरमा गएर विभिन्न मिष्ठान्न परिकार खाने गर्छन् । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्छन् । यसमा आर्थिक अवस्था बलियो भएका अधिकांश मुस्लिम ‘हज’का लागि साउदी अरबको मक्कामदिना जाने गर्छन् ।
फितरा र जकात
रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर फित्तराका रूपमा निकाल्नु पर्छ । जुन रकम गरिब र मदरसा (पाठशाला) मा खर्च गर्नुपर्छ । यो रकम ‘इद’को नमाज पढ्नुभन्दा पहिले निकाली पर्छ । ‘रोजा’ कायम हुने धार्मिक मान्यता छ । उनकाअनुसार जकात भने आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नु पर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरूमा लागू हुन्छ ।
तराबी नमाज
रमजान महिनामा मुस्लिमले नियमित रूपमा दिनमा पाँचपटक पढ्ने नमाजसँगै तराबी नमाज (विशेष नमाज) पढ्ने गर्छन् । तराबी नमाज धार्मिकग्रन्थ ‘कुरान’ कण्ठस्त भएका हाफिजले मात्र पढाउन सक्छन् । तराबी नमाज दैनिक २० रिकातको हुन्छ । रोजा व्रत सुरु हुने अघिल्लो दिनदेखि तराबी नमाज सुरु हुन्छ । तराबी नमाजमा जुन दिन ३० पाराको कुरान वाचन सकिन्छ त्यही दिन तराबी नमाज समाप्त हुन्छ । तराबी नमाज पढाउने हाफिजलाई सो दिन मानिसहरूले उपहार दिने चलन छ ।
टोलमा युवाविहीनताको समस्या
म सिरहा नगरपालिका-१२, सारश्वरको स्थायी बासिन्दा हुँ। मेरो टोलमा २५ जना युवा थिए, मेरो टोलका युवा हरुको नाम यसप्रकारका छन् :- सलाम राईन, अख्तर राईन, सम्शाद राईन,मुस्ताक राईन,गुड्डु राईन,इरफान राईन,मुबारक राईन,रजाबुल राईन,सबुल्ला साफी,आरिफ राईन,चांड राईन,गुलाब राईन,फरहान अख्तर,फाहिम राईन, वासिम राईन,नसिम राईन,सफिद राईन(जोखाना),अस्फाक राईन, मुस्ताक राईन(छोटा) सलमान राईन,
जसले टोलमै केही गर्न सपना देखेका थिए। तर तीमध्ये अधिकांश अहिले विदेश गइसकेका छन्। विदेशमा उनीहरू आफ्नो जीवन जिउन संघर्षरत छन्, तर उनीहरूको अनुपस्थितिले मेरो टोल बिस्तारै ओइलाउँदै गएको छ।
विदेश जानु गलत होइन। संसारभरि यात्रा गर्नु, नयाँ ठाउँमा अनुभव बटुल्नु, अनि जीवनलाई राम्रो बनाउनु स्वाभाविकै हो। तर, जब एउटा टोल नै युवाशून्य बन्दछ, तब त्यो टोलको अस्तित्व संकटमा पर्न जान्छ। मेरो टोलको हाल त्यस्तै भएको छ। यहाँ कुनै समय बिहानै चौतारीमा भेला भएर चिया पिउँदै रमाउने युवा हुन्थे, साँझ खेल्ने, गफ गर्ने, रमाउने संस्कृति थियो। तर, ती दिनहरू अब सम्झनामा मात्र सीमित छन्।
टोलका युवा किन विदेशिए ?
मेरो टोलका युवाहरू विदेशिनुको पछाडि धेरै कारण छन्। १. रोजगारीको अभाव : टोलमा कृषि मुख्य पेशा भए पनि आधुनिक प्रविधिको अभाव, बजार नपाउनु, तथा खेतीपातीमा मन नलाग्ने जस्ता समस्याले गर्दा धेरै युवा खेती छोडेर रोजगारीको खोजीमा हिँडे। सरकारी क्षेत्रमा अवसर सीमित छ, निजी क्षेत्रमा काम कमै छ, अनि स्थानीय उद्योगधन्दा प्रायः छैनन्। जसले गर्दा स्वरोजगारको अवसरसमेत न्यून छ। यस्तो अवस्थामा युवा विदेशिनु स्वाभाविक नै भयो। २. आर्थिक समस्या : टोलमा राम्रो आम्दानीको स्रोत छैन। परिवार पाल्न धौधौ पर्ने स्थिति आउँछ। कतिपय युवाहरूले घरपरिवारको आर्थिक अवस्था सुधार्ने लक्ष्य राखेर विदेश जाने निर्णय गरे। उनीहरूको प्रमुख विकल्प बन्यो। कतिपय परिवार ऋण लिएर युवालाई विदेश पठाउँछन्, ताकि पछि उनीहरूले कमाइ गरेर परिवारलाई आर्थिक रूपमा सशक्त बनाउन सकून्। ३. शिक्षा र भविष्यको खोजी : गाउँमा उच्च शिक्षाका लागि राम्रो सुविधा छैन। गुणस्तरीय शिक्षा लिनका लागि युवाहरू शहर जान्छन्, अनि उच्च शिक्षा सकेपछि काम खोज्न विदेश जान्छन्। शिक्षाको खोजीमा पनि एक युवा विदेशिए। गाउँमा उच्च शिक्षाको राम्रो सुविधा छैन, राम्रो कलेजहरू शहरमा मात्र छन्। अझ बढी अध्ययन गर्नको लागि अष्ट्रेलिया गए।
४. समाजमा देखिएको प्रवृत्ति :
आज हाम्रो समाजमा वैदेशिक रोजगारीलाई प्रतिष्ठाको विषय मानिन्छ। टोलमा बसेर संघर्ष गरिरहेकाहरूलाई कमजोर आँक्ने प्रवृत्ति छ। विदेश गएर राम्रै पैसा कमाउने युवालाई समाजले “सफल” मान्छ, तर टोलमै बसेर मेहनत गरिरहेकाहरूलाई “असफल” जस्तो व्यवहार गरिन्छ। यही मानसिकताले पनि धेरै युवालाई गाउँ छोड्न बाध्य बनाएको छ।
टोलको वर्तमान अवस्था : आज, मेरो टोलमा युवा छैनन्। खेतबारीमा पहिले जसले हलो जोते, रोपाइँ-मौसमी काममा व्यस्त रहे, ती हातहरू अब परदेशी भूमिमा पसिना बगाइरहेका छन्। टोलका घरहरू ठूल्ठूला भएका छन्, तर ती घरहरूमा बस्ने मानिस कम भएका छन्। चौतारी, पसल, खेलमैदान सबै सुनसान लाग्छ। चाडपर्वहरू पहिले जस्तो रमाइला हुँदैनन्। ईदहरुमा बाहिरिएका केही युवा फर्किए पनि त्यो जोश, त्यो उमंग अब देखिन्न। टोलका स्कुलहरूमा विद्यार्थी घटिरहेका छन्, किनभने धेरै परिवारले आफ्ना बालबच्चा सहर वा विदेश पठाइसकेका छन्। टोलमा अहिले बूढाबूढी, महिला, र साना बालबालिका मात्र छन्। खेतबारीको काम गर्ने मजदुर खोज्नुपर्ने अवस्था छ। चिया पसलमा गफ गर्ने मान्छे भेटिन्नन्। विवाह, र अन्य सामाजिक कार्यहरूमा युवा अनुहार विरलै देखिन्छन्।
विदेशिएको पैसाले टोलमा के प्रभाव पर्यो?
टोलका युवाहरू विदेशिए पनि उनीहरूले पठाएको पैसाले टोलमा केही परिवर्तन ल्याएको छ। पक्की घरहरू बढेका छन्, मानिसहरूको आर्थिक स्तर सुधारिएको छ। मोबाइल, टिभी, इन्टरनेटको पहुँच बढेको छ। केही ठाउँमा सुविधाहरू सुधार भएका छन्। तर, भौतिक विकास मात्र पर्याप्त हुँदैन। पैसाले घर बनाउन सकिन्छ, तर त्यो घरलाई घरजस्तो बनाउने मानिसहरू चाहिन्छन्। पैसाले समाजका भावना किन्न सकिन्न, परम्परालाई जोगाउन सकिन्न। यही कारणले गर्दा टोलको वास्तविक समृद्धि अझै टाढा छ।
टोलमा युवालाई रोक्न सकिन्छ कि?
यदि सही नीति अपनाइयो भने टोलबाट युवाहरूको विदेश पलायन रोक्न सकिन्छ। यसका लागि निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ: १. स्थानीय रोजगार सिर्जना: सरकारले स्थानीय उद्योग, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, र नयाँ व्यवसाय खोल्न सहयोग गर्नुपर्छ। यसो गर्न सके, धेरै युवाहरू टोलमै टिक्न सक्छन्। २. शिक्षा र सीपमूलक तालिम: टोलमा गुणस्तरीय शिक्षाको व्यवस्था भए, युवा अध्ययन गर्न बाहिर जान बाध्य हुँदैनन्। साथै, सीपमूलक तालिम दिएर उनीहरूलाई स्वरोजगार बनाउन सकिन्छ। ३. प्रविधिमैत्री कृषि: कृषि क्षेत्रलाई आधुनिक बनाएर व्यावसायिक खेतीतर्फ उन्मुख गराउने हो भने टोलका युवा कृषिमा आकर्षित हुन सक्छन्। ४ . विदेशिएका युवालाई पुनः टोल फर्काउने योजना: सरकारले उचित नीतिहरू ल्याएर, विदेशिएका युवाहरूलाई टोलमै लगानी गर्ने अवसर दिन सक्नुपर्छ।
निष्कर्ष
ईद उल-फित्र खुशी, आत्मशुद्धि, र सामूहिकताको पर्व हो। तर, जब टोलका अधिकांश युवा विदेशिएर टोल नै सुनसान हुन्छ, तब पर्वको रमाइलोपन हराउँदै जान्छ। यदि टोललाई पुनः जीवन्त बनाउन चाहिन्छ भने स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ, कृषि तथा उद्योगलाई प्रवर्द्धन गर्नुपर्छ, र युवाहरूलाई टोलमै बस्न प्रेरित गर्नुपर्छ। अन्यथा, केही दशकपछि टोल मात्र होइन, पूरा देश नै युवाविहीन बन्ने खतरा छ। अब प्रश्न उठ्छ—के हामी हाम्रो टोलको उज्यालो फर्काउन सक्छौं?