सिरहा नगरपालिकाले नगरबासीको खेल चासो र खेलले युवाहरुमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै सहिद हेमनारायण गोल्ड कप–२०७९ फुटबल प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगितामा देश विदेशका गरी १० वटा फुटबल टिमहरुको सहभागिता रहेको थियो । सलहेश युवा कल्ब घरेलु प्रतियोगिता आयोजकको नाताले टिम बनेर सहभागि बन्यो । सिरहा सदरमुकामको सुर्य नारायण सत्य नारायण मोर्बैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा २० चैत्र २०७९मा हेटौडा फुटबल एकेडमीसंग फाईनल खेलेको थियो । फाईनल खेलमा घरेलु टिम सलहेश युवा कल्ब विजय भएको थियो । प्रतियोगिताको च्याम्पियन भएपछि दर्शक र खेलप्रमीहरु खुशी भएका थिए । च्याम्पियन भएपनि सलहेश युवा कल्वप्रतिको नगरबासीको दृष्टिमा स्थानीय खेलाडीको अभावले खल्लो जस्तो भएको थियो । च्याम्पियन भएपनि सिरहावासी उत्साहीत हुन सकेनन् ।

अर्थात स्थानीय फाईनलको उपाधी जितेको सलहेश युवा कल्वको उत्साहमा आफूलाई पूर्ण रुपमा सहभागी गराउन सकेनन् । त्यसो त विश्वकप जस्ता उपाधीहरु जुन देशले जित्छ, त्यस देशका नागरिक अत्याधिक खुशी र गौरवान्वित महसुस गर्ने गरेको विभिन्न तथ्यहरुले पनि देखाउँदै आएको छ । सिरहामा यो दृश्य देख्न सकिएन् ।
यसको मुख्य कारण नै स्थानीय आयोजकको रुपमा रहेको सलहेश युवा कल्वमा खेलाडीको चयन नै हो । यहाँका दर्शकले आफ्नो घरेलु टिममा आफ्नो गाउँठाउँका युवाहरु खेल खेलेको हेर्न चाहेका थिए । सिरहाको दर्शकको यो चाहना स्वाभाविक पनि थियो । सलहेश युवा कल्बले दुई लाख एकावन हजार राशिको सहिद हेमनारायण गोल्ड कप–२०७९ को बिजेता भएपनि दर्शक र फुटबलप्रेमीहरुको मनमा गहिरो छाप छाड्न सकेनन् । जसले गर्दा एउटा प्रश्न उब्जिएको थियो –‘हाम्रो स्थानीय खेलाडीहरु कहिले खेल्ने ?’

त्यसो त सलहेश युवा कल्बले व्यवसायिकताको कुरालाई जोड दिदै देशको विभिन्न स्थानमा गएर अन्र्तराष्ट्रिय स्तरका खेलमा सहभागी भएर च्याम्पियन समेत बनेका छन् । देशी विदेशी खेलाडीलाई खरिद गरी सलहे युवा कल्वबाट अन्र्तराष्ट्रिय स्तरका आमन्त्रण गोल्डकप, रामनारायण मिश्र फुटबल प्रतियोगिता, गोलबजार मेयर गोल्डकप जस्ता दर्जनौ गोल्डकपमा सहभागी बन्यो । धेरै स्थानमा भारतका बलियो टिमहरुलाई पराजित गर्यो भने नेपालकै राजधानी काठमाडौंदेखि मोफसलका बलियो टिमलाई कडा चुनौती दिदै उपाधी जितेको पनि छ । सलहेश युवा कल्व स्थापना भएको केही वर्षमा देशमा फुटबल खेलमा एउटा बलियो प्रभाव छाड्न सफल भएको छ ।
खेलले युवालाई अनुशासित हुन्, समुहमा काम गर्न, नेतृत्व विकाश गर्न सिकाउछ । खेलले स्थानीय संस्कृतिको प्रबद्र्धन र आपसी मेलमिलाप बनाउन मद्दत गर्छ । यहि घटनाले त्यही भएर समयक्रम फेरिने संकेत पनि गर्यो । आयोजक सलहेश युवा कल्वमाथि एक प्रकारको नैतिक दबाब पनि थपियो । जसले नयाँ बाटो लिन सघाउन पुग्यो । फलस्वरुप सलहेश युवा कल्बले २०८० पौषमा स्थानीय खेलाडी छनोट गर्न र प्रशिक्षण दिन सिरहा नगरपालिकाको २२ वडालाई नगरस्तरिय खेल खेल्न आफ्नो वडाबाट खेलाडीहरुको नाम पठाउन पत्राचार गर्यो ।

२२ वटै वडालाइ खेलाडी पठाउन पत्राचार गरेको सलहेश युवा कल्बले पौष २१ गते देखि नगरस्तरिय फुटबल प्रतियोगिता–२०८० आयोजना गर्दै थियो । नगरस्तरिय प्रतियोगिताबारे लेखि रहदा मलाई २०८० असोज २७ गतेको सलहेश युवा कल्बको दोस्रो साधारण सभाको याद आउँछ । सभामा प्रमुख अथिति सिरहा नगरपालिकाका मेयर डा नबिन कुमार यादवले आफ्नो मन्तब्य राख्दै सलहेश युवा कल्बले ‘स्थानीय खेलाडी’ उत्पादनमा ध्यान नदिएको र बाहिरी खेलाडी मात्र खेलाएको भनेर गुनासो गरेका थिए । त्यसैको जवाफ दिदै कल्बका अध्यक्ष राजिप कुमार यादवले अहिलेसम्म जहाँ र जुनजुन प्रतियोगितामा सलहेश युवा कल्वले सहभागिता जनाएको छ, त्यसले सिरहाको ऐतिहासिक पहिचानको रुपमा रहेको राजा सल्हेश र सिरहाको नामलाई देश र विदेशमा प्रवद्र्धन गर्न मद्दत गरेको जवाफ फर्काएका थिए । देशका धेरै जसो टिम र खेलाडीहरुले सलहेश युवा कल्वको नाम सुनेको र यसले राजा सलहेशको भुमि सिरहाको प्रचारप्रसारमा बल पुगेको उल्लेख गरेका थिए । त्यससँगै अध्यक्ष राजिपले अबको मेरो कार्यकाल स्थानीय स्तरमा खेलाडी उत्पादन गरी अन्र्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराउनु रह्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सिरहाका मेयरको गुनासो र कल्वका अध्यक्षको प्रतिबद्धताले साँच्चिकै काम गरेको छ । त्यही भएर यसपाली सिरहा नगरपालिकाको १६ वटा वडाका २५० भन्दा बडी खेलाडीहरु नगरस्तरीय फुटबल प्रतियोगिता खेल्ने भन्दै नामावली वडा मार्फत कल्वलाई पठाएका थिए । र यसले सिरहा नगरवासीको आफ्नै खेलाडीको खेल हेर्ने अवसर पनि जुर्यो । १६ वटा टिम को २५० भन्दा बढी आफनै गाउँठाउँका खेलाडीहरु बीचको खेल पहिलो पटक सिरहाका दर्शकहरुले देखन पाउने भए । वडाहरुले पनि बुट जर्सी प्रदान गरी खेलाडीहरुको मनोबल बढाए । खेत खलियन र गाउँकै मैदानमा खेल्दै आएका खेलाडीहरु एन्फाका रेफ्रीहरुको निर्देशन र एन्फाको ‘रुल्स एंड रेगुलेसन’ भित्र रहेर खेल्न पाउने भए । यो टुर्नामेन्टले गाउँमा लुकेर रहेको खेलकुदको प्रतिभाहरुलाई आफ्नो गाउँको लागि सम्मान र नगद राशी ५० हजारकाो लागि खेल्न उत्साहित गरेको थियो भने कति खेलाडी त हजारौ दर्शक माझ आफ्नो खेल देखाउन पाउदा नै मख्ख थिए । म भने युवा खेलाडीमा सपनाको संचार भएको देखिरहेको थिए ।

१९ बर्ष का क्रिकेट खेलाडी गुलसन झा जस्तो बन्ने सपना । गुलसन झा, सिरहा जस्तै मधेशको मलंगवाका क्रिकेट खेल्ने युवा हुन् । नगरस्तरीय प्रतियोगिता खेल्ने कयौं खेलाडी जस्तै कयौं यस्तै टुर्नामेन्टमा आफ्नो प्रतिभा देखाएर प्रशिक्षित भएर आज आइसीसीका खेलहरुमा विराट कोहलीहरु जस्ता खेलाडीको विरूद्ध खेल्दै छन् । आफ्नो ठाउँ मलंगवा, मधेस र सिंगो देशको नाम विश्वसामु चिनाउदै छन् र आफु पनि नाम र दाम कमाउदै छन् । मलाई लाग्छ यस्तै प्रतियोगिताहरुले खेलाडीहरुको पंखलाई उडान भर्न मद्दत गर्नेछ ।
नगरस्तरीय फुटबल प्रतियोगितामा खेलाडीका रुपमा पेशाले शिक्षक, ल्याब टेक्नेसियनहरुले पनि आफ्नो प्रतिभा देखाए । एम्बिसन एकाडेमीका शिक्षक भलुवाही निवासी मोहमद बसिरले सिरहा वडा न ११ बाट राम्रो प्रदर्शन गरी म्यान अफ दि म्याच नै भए । गाउँमा खेल्दै आएका बसिरलाई आफ्नो प्रतिभाले हजारौ दर्शक र खेलप्रेमी माँझ प्रदर्शन देखाउने मौका नगरस्तरिय फुटबल प्रतियोगिताले दियो । प्रतिभा देखाउन ठाउँ पायो भने युवाहरुले नाम र दाम दुवै कमाउन सक्छ ।
आयोजक सल्हेश युवा कल्बले टुर्नामेन्ट बिजेतालाई पचास हजारको राशी प्रदान गरेको छ । २५० भन्दा बढी खेलाडीहरुबाट प्रतियोगितामा अब्बल प्रदर्शन गरेका खेलाडीहरुलाई छनोट गरि आगामी प्रतियोगिताको लागि प्रशिक्षण दिने र खेलाउने कुरा नगरस्तरीय प्रतियोगिताको सबल र अब्बल पक्ष हो । आयोजक संस्थाको अध्यक्ष राजिप कुमार यादवले सलहेश युवा कल्ब अब खेल्ने प्रतियोगिताहरुमा यसै प्रतियोगिताका २५० खेलाडी मध्येका खेलाडी हुनेछन । त्यसको लागि केहि खेलाडीहरुको नाम छनोट गरेर राखेको छ । ति खेलाडीहरुलाई प्रशिक्षण दिने र ति खेलाडीहरुले क्लबबाट अब हुने सहिद हेमनारायण गोल्ड कपको साथै राष्ट्रिय अन्तरास्ट्रिय खेल खेल्ने घोषना गरेका छन् । यो स्थानीय स्तरमा खेलाडीको प्रद्धर्धनको लागि कोसे डुंगा साबित हुन् सक्छ ।

नगरस्तरीय फुटबल प्रतियोगिता चलिरहेकै बेला बिहान ८ बजे १० वर्ष मुनिका बालबालिकाहरुले एन्फाको फुटबल क्लिनिक कार्यक्रम मार्फत प्रशिक्षण लिइरहेका थिए । प्रशिक्षण लिइरहेका बाल खेलाडीहरु दिउँसो भने नगरस्तरीय खेल हेर्न क्याम्पस मैदानमा आउथे । बाल खेलाडीहरुको मनमा हामीले पनि ठुलो भएर यस्तै खेल्ने हो भनेर साथीहरु संग भन्दै थिए । आफु पनि एक दिन राम्रो खेलाडी हुने सपना देख्दै थिए ।


“युवाको सम्मान, नगरको पहिचान, स्थानिय स्तरमा खेलाडी उत्पादन हाम्रो अभियान” को नारा साथ अन्त भएको नगरस्तरीय फुटबल प्रतियोगिताको अन्तिम खेल केहि विवाद भयो यसबाट आयोजकले यसबाट पाठ सिक्नेछ भन्ने आशा छ तर यो भन्दै यो प्रतियोगिताले खेलाडीहरुलाई फुटबल खेल्न प्रेरित गरेको र यस्ता प्रतियोगिता खेलाडीहरुको लागि आबश्यक रहेको कुरालाई नकार्न सकिदैन ।
लेखक– सलहेश युवा कल्वका सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!