काठमाडौं । संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली आवासीय राजदूतमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधवार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् ।

समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतको उपस्थिति थियो ।



