'सर्वोच्चको निर्णयप्रति कानुनी उपचार खोज्छाैं, एमाले र माओवादी भएर जान्छाैं'

'सर्वोच्चको निर्णयप्रति कानुनी उपचार खोज्छाैं, एमाले र माओवादी भएर जान्छाैं'

अपन दैनिक
फाल्गुन २४, २०७७ मा प्रकाशित
१५५ पटक पढिएको
'सर्वोच्चको निर्णयप्रति कानुनी उपचार खोज्छाैं, एमाले र माओवादी भएर जान्छाैं'

काठमाडाैं । प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चले नेकपाबारे गरेको निर्णयप्रति गम्भीरतासाथ लिएको बताएका छन् । आज पेरिसडाँडामा बसेको यो समूहको स्थायी समितको बैठकमा सर्वोच्च अदालतले गरेको निर्णयबारे निकै गहिरो ढंगले छलफल भएको उनले बताए ।

नेकपा नामका लागि आफूहरूले दिएको रिट निवेदनभन्दा बाहिर गएर सर्वोच्चले फैसला गरेको र यसलाई राजनीतिक विषय बनाएको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।  'रिट निवेदकभन्दा, मागदाबीभन्दा बाहिर गएर पार्टी विभाजन गर्ने फैसला सर्वोच्चले सुनायो । यसप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । हाम्रो गम्भीर असहमति छ,' उनले भने ।

यसबारे कानुनी ढंगले उपचार खोज्ने पनि बैठकमा निर्णय भएको उनले बताए । २०७५ जेठ ३ गते भएको एकताको उद्देश्यलाई गम्भीरसाथ लिएर अगाडि बढ्ने छलफल भएको पनि उनको भनाइ थियो । पार्टी एकता सही भएको समीक्षा गरिएको र नेपालका कम्युनिष्ट एकतालाई जारी राखिएको उनले बताए ।  

साथै सर्वोच्चको फैसलाप्रति असहमति र न्यायिक पुनरावलोकनमा जाने पनि उनले बताए । पार्टी एकता सही हो वा गलत भन्ने पत्रकारको प्रश्नमा उनले स्पष्ट उत्तर दिएनन् । तर तत्काललाई साबिकै नेकपा माओवादी र एमाले भएर जाने र निर्वाचन आयोगमा गएर टुंगो लाग्ने बताए ।

एकता पहल जारी राख्ने पनि उनको भनाइ थियो । 

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित