सिरहा । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङ आज महापर्व छठमा सहभागी हुन सिरहा आउने भएका छन् ।

पार्टीका युवा नेता श्रवण पासमानका अनुसार सभापति घिसिङ सिरहा सदरमुकामस्थित ऐतिहासिक सलहेश पोखरीमा पुगेर छठ पर्वमा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी, उनी दुर्गा पोखरी (सुब्बा पोखरी) तथा माडरस्थित काली पोखरीमा समेत पुग्ने कार्यक्रम तय भएको पासमानले जानकारी दिएका छन् ।

छठ पर्वका अवसरमा सिरहाका विभिन्न ऐतिहासिक तथा धार्मिक पोखरीमा पुगेर श्रद्धालु भक्तजनसँग भेटघाट तथा पर्वमा सहभागिता जनाउने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय