नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामालाई एमालेका नेता सूर्य थापाले राजनीतिक स्टन्ट भनेका छन्।बिहीबार सामाजिक सञ्जालमार्फत नेता थापाले गगनको राजीनामालाई ‘राजनीतिक स्टन्ट’ र ‘फण्डा’को संज्ञा दिएका हुन्।
उनले यसलाई ‘बचपनापनको पराकाष्ठा’ भनेका छन्। ७८ बर्ष लामो इतिहास बोकेको ‘सुधारिएको काँग्रेस पार्टी’मा अभ्यास गरिएको यो प्रकरण बचकनापनको भद्दा मजाक प्रदर्शनबाहेक केही नभएकाे बताएका छन् ।

उनले लेखेका छन् ‘राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन। राजीनामाको औपचारिक पत्रसमेत गायब छ। यो त खालि मिलोमतो र फण्डा जस्तो मात्रै देखिन्छ।यदि राजीनामा दिएको सही सत्य हो भने बिहान ८:०० बजेसम्म केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति र स्वयं सभापतिले जिम्मेवारी लिने, जवाफदेही हुने र आधिकारिकता पुष्टि एवं सार्वजनिक गर्ने हिम्मत त देखाउनु पर्ने नि! सभापतिको सचिवालय र ४० ओैं ठाउँका स्मार्ट अफिस सर्लाही -४ को पराजयसँगै खारेज भइसके र ?
मोही माग्ने ढुंग्रो लुकाउने यो तरिका वाहियात रहेकाे भन्दै उनले लेखेका छन् ‘राजीनामा दिने वा नदिने भन्ने कुरा सम्बन्धित व्यक्तिको ४८ वर्षे जीवन र जवानीको निर्णय होला, त्यसमा हामीलाई चासो छैन। तर, यसरी देशलाई गुमराहमा राख्ने काम हुनुहुँदैन।’



