काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिमा सक्रिय हुन लागेका छन् । सोहीअनुसार उनलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाउने तयारी गरेको छ ।
रास्वपाले बिहीबार सार्वजनिक गरेको समानुपातिकको प्रारम्भिक सूचीमा मधेसको सिरहाबाट उनको नाम समेटिएको छ । उनको नाम सिरहाबाट मधेशी कोटामा सूचीकृत भएको हो । रास्वपाले आन्तरिक चुनावी प्रक्रियामार्फत समानुपातिक सूची टुंगो लगाउन प्रक्रिया अघि बढाइसकेको छ ।

यसैबीच रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत उनलाई पार्टीमा स्वागत गरेका छन् ।



