काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार पार्नका लागि सरकार दत्तचित्त भएर लागेको बताएकी छिन् ।बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंका बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।जेनजी समुदाय र राजनीतिक दलहरूसँग प्रत्येक दिन कुन न कुनै माध्यमबाट सरकारले संवाद गरिरहेको उनको भनाइ ।

‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ । परिवर्तनकाबाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौं ।’

उनले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको रुपमा बुझ्न नहुने बताइन् ।

‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौँ भन्ने होइन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको छ ।’

लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गनै अपिल समेत गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय