इजरायल-हमास युद्धको शिकार भएका विपिन जोशीको शव नेपाल ल्याइएको छ।
सोमबार दिउँसो इजरायलबाट त्रिभुवनविमानस्थलमा ल्याइएको शवमाथि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।


त्यसपछि नेपाली सेनाले हेलिकप्टरमार्फत विपिनको घर कञ्चनपुरतर्फ लगेको थियो।
शव आजै पुग्ने भएपछि घरमा उनका आफन्त र छिमेकी शवको पखाईमा रहेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ विचपुरी टोल विपिनको निधनले शोकमा छ। आज तिहारको लक्ष्मी पूजा भए पनि शोकमा डुबेका घरपरिवार र टोली-छिमेकीले त्यसलाई मनाएनन्।
शवको पर्खाइमा परिवारजन र छिमेकी जम्मा भएका छन्। उनीहरूले रातभर आज त्यही शव कुरेर भोलि मात्रै अन्तिम दाहसंस्कार गरिने छ।




