
काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी रुविना क्षेत्रीले शतक बनाएकी छन् ।
उनी अजै अविजित रहेर क्रिजमा छिन् । उनले समूहगत चरणको मालदिभ्सविरुद्धको अन्तिम खेलमा मंगलबार शतक बनाएकी हुन् । उनले ५४ बलको सामना गरी तीन छक्का र १० चौका पनि हिर्काएकी छन् ।

नेपालले १८ ओभरमा चार विकेट गुमाएर एक सय ८८ रन बनाइसकेको छ ।