सिरहा । सिरहामा नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा कल्वले प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको मेयर डा नविन कुमार यादवले बताए । युवाहरुलाई कुलतबाट बचाउन र विदेश पलायन हुनबाट रोक्न यो प्रतियोगिता कोसे ढुङ्गा साबित हुने जिल्ला फुटबल संघका अध्यक्ष अरुण कुमार साहले बताए ।
यसको निम्ति सलहेश युवा कल्वको कार्यसमिति बैठकले सर्वसम्मत रुपमा ११ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमिति समेत गठन गर्ने निर्णय पनि गरेको छ । नगर स्तरीय फुटबल प्रतियोगिता पुस २१ बाट सदरमुकाम सिरहामा रहेको सूूर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा हुने भएको छ ।

मूल समितिको संयोजक कल्वका अध्यक्ष राजिप कुमार यादव रहेका छन् । त्यसैगरी सदस्यहरुमा नागेश्वर प्रसाद यादव, अशोक कुमार यादव, कृष्ण कुमार यादव, प्रदीप कुमार यादव, सुनिल कुमार यादव, शुशिल कुमार कर्ण, सरोज राणा, रामभरोस यादव, जितेश कर्ण, जितेन्द्र कुमार झा रहेका छन् ।
प्रतियोगितामा सिरहा नगरपालिकाका २२ वटै वडाबाट टिमहरु सहभागिता रह्ने भएको छ । सिरहा नगरपालिका बाहिरका खेलाडी खेल्न नपाउने र खेलाडी हरु सम्बन्धित वडाबाट मात्र खेल्न पाउनेछ त्यसकालागि खेलाडीहरूले आ–आफ्नो वडामा सम्पर्क गरी फारम भर्नुपर्ने छ । विजेतालाई नगद ५० हजार, गोल्डकप, मेडल र प्रमाणपत्र गरिनेछ भने उपविजेतालाई नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!