काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियाविरुद्ध पहिले बलिङ गरेको नेपालले ११ औं ओभरसम्म ३ विकेट लिएको छ । नेपालको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

उनले १०.१ औ ओभरमा मलेसियाका विरनदीप सिंहलाई आउट गरे ।

यसअघि पाँचौं ओभरमा नेपालका अविनाश बोहराले पहिलो विकेट लिएका थिए । पहिलो विकेटका रुपमा ओपनर जुबैदी जुलकिफ आउट भएका थिए ।

त्यस्तै सन्दीप लामिछानेको बलमा मलेसियाका सैयद अजिज रन आउट भएका थिए । ११ ओभर समाप्त हुँदा मलेसियाले ३ विकेट गुमार ९० रन जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!