श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले एशिया कप जितेको छ।

आइतबार भएको फाइनल खेलमा भारतले सजिलैसँग श्रीलंकालाई पराजित गरेको हो। श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ६.१ ओभरमा जितेको हो।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले कुशल मेन्डिसले १७ र दुशान हेमन्थाले १३ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

भारतका लागि मोहम्मद सिरजले घातक बलिङ गरे। उनले सात ओभरमा २१ रन खर्चेर ६ विकेट लिए। त्यस्तै, हार्दिक पाण्ड्याले तीन र जसप्रित बुमराहले एक विकेट लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!