नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङ जिल्ला कमिटी सचिवालयको सातौ बैठक दिक्तेलमा बसेको छ । बैठकले समसायिमक विषयमा छलफल गर्नुका साथै पार्टी संगठन विस्तार अभियानबारे विभिन्न निर्णय गरेको छ ।
बैठकले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्य थप्ने, पार्टी प्रवेश तथा घर फर्क अभियान संचालन गर्ने र सबै तहका कमिटीहरूको अधिवेशन चैत्रभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।


यस्तै भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने, रचनात्मक क्रियाकलाप गर्दै जनतासङ एमालेलाई जोड्ने, चाडबाडको सन्दर्भमा गाउँ गाउमा पुनर्मिलन र शुभकामना कार्यक्रम आयोजना गर्ने र खोटाङको समृद्धि र बिकासको खाका बनाउन एउटा टिम निर्माण गर्ने निर्णय गरेको छ ।



