KUALA LUMPUR,MALAYSIA – JUNE 30: Images from the ACC Men’s U16 East Zone Cup 2023 match between INepal and Malaysia at the Bayuemas Ovall in Malaysia on the 30th June 2023. Photo by Peter Lim / PhotoDesk.com.my for Asian Cricket Council

काठमाडौं : मलेसियामा जारी एसीसी यू १६ इस्ट जोन कपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। बायुएमास ओभल स्टेडियममा शुक्रवार सम्पन्न खेलमा मलेसियालाई ८४ रनले हराउँदै नेपालले समूह विजेताका रुपमा सेमिफाइनलको यात्रा तय गरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ३३.४ ओभरमा अलआउट हुँदै १८३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि अशोक धामीले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५२ रन बनाउँदा सूर्यांसु कोइराला र नरेन भट्टले समान २९ रन बनाए। त्यस्तै, कृतिक कामकले १६ रन बनाउँदा दीपु कुमार यादवले १५ रन बनाए।

बलिङतर्फ मलेसियाका हजिक हैक्वल, मोहम्मद अक्रम, अरीअन अक्वील र मोहम्मद मुक्विरीले समान २ विकेट लिँदा मोहमद फत्रीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाउँदा कप्तान मोहम्मद आशिफले १५, मोहम्मद अक्रमले १२ तथा अरीअन अक्विलले १० रन बनाए।

बलिङतर्फ नेपालका अशोक धामीले ४ विकेट लिँदा अभिशेक तिवारीले ३, सन्तोष यादवले २ तथा कृतिक कामतले १ विकेट लिए।

नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई २२५ रनले हराएको थियो। योसँगै नेपाल समूह ‘ए’को विजेता बनेको छ। समूह ‘बी’मा हङकङ, सिंगापुर, इन्डोनेसिया र माल्दिभ्स छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय