सिरहा । साना किसान कृषि सहकारी संस्था भलुवाहीले यस वर्ष पौने पाँच लाख मुनाफा गरेको छ ।
सिरहाको भलुवाहीमा आयोजित ११औं साधारण सभामा संस्थाका अध्यक्ष समेत रहेका वडा नम्बर ११ का वडाअध्यक्ष विनोद कुमार कामतीले ४ लाख ७० हजार असुली मुनाफा कमाएको जनाएको छ । गर्त वर्षमा ५ लाख २५ हजार असुली मुनाफा भएपनि यस वर्ष घटेको छ । यस्तै बचतमा पनि कमी आएको जनाएको छ । गत वर्ष १ करोड ६१ लाख ८ हजार बचत गरिएकोमा यस वर्ष १ करोड ५८ लाख ३२ हजार बचत गरिएको अध्यक्ष कामतीले जनाएको छ ।

यता शेयरमा वृद्धि भएको छ । गत वर्ष ३१ लाख २७ हजार शेयर रहेकोमा यस वर्ष बढेर ३३ लाख ४४ हजार पुुगेको संस्थाका अध्यक्ष कामतीले जनाएको छ । त्यससँगै संस्थाको सदस्य संख्यामा पनि वृद्धि भएको छ । गत वर्ष ६२१ जना सदस्य रहेकोमा यस वर्ष बढेर ६७४ जना पुुगेको संस्थाले जनाएको छ ।

साधारण सभाको प्रमुख अतिथि मधेश प्रदेशका कानूनमन्त्री प्रमोद कुमार यादव, विशिष्ठ अतिथिमा प्रेस काउन्सीलका पूर्व सदस्य चन्द्रदेव कामती, अतिथिहरुमा वडा नम्बर ९ का वडाअध्यक्ष रामदयाल यादव, वडा नम्बर १० का वडाअध्यक्ष दिपक मुखिया लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय