सिरहा । सिरहा नगरपालिका वडा नं. १० नरहैयामा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरि ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको हो । वडाध्यक्ष दिपक मुखियाको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा नगरपालिकाकी उपप्रमुख एवं उक्त कार्यक्रमकी प्रमुख अतिथि बबिता साहले गरेकी हुन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख साहले पुष महिनाको जाडो र शितलहरका बिच ज्येष्ठ नागरिकको सहजताका लागी वडा कार्यालयले गरेको कार्य प्रशंसा योग्य रहेको बताइन्। उनले चिसोको मौषममा सबैभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई समस्या हुने हुँदा वडा कार्यालयले कम्बल वितरण गरेको बताइन्। उनले उक्त कम्बलले चिसोमा ज्येष्ठ नागरिकहरुलाई न्यानोको अनुभुती हुने जिकिर गरिन्।


यसका साथै उनले नगरपालिकाले पनि नगरका सबै वडाका ज्येष्ठ नागरिकहरुलाई चिसो मौषममा कम्बल वितरणको योजना राखेको बताए । उनले पौष महिनाको जाडोलाई मध्यनजर गरी ज्येष्ठ नागरिकहरुलाई सहज हुने किसिमले काम गर्न वडालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष मुखियाले वडाले चिसो मौषमलाई मध्यनजर गरी ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको बताए । उनले चालु आर्थिक वर्षको निति तथा कार्यक्रम अनुसार वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको बताए ।

उक्त कार्यक्रम विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव तथा अतिथीहरु सिरहा नगरपालिकाका कार्यपालिका सदस्य अनिल कर्ण लगायत वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य, कर्मचारी, स्थानीय बुद्धिजिवी, समाजसेवीहरुको सहभागितामा कार्यत्रम सम्पन्न भएको वडा अध्यक्ष दिपक मुखियाले बताएकाछन् ।





