सिरहा । सिरहा र विष्णुपुर गाउँपालिकाका एक सय विपन्न गरिब परिवारलाई चिसो छल्न कम्बल वितरण गरिएको छ ।
ललितपुर महानगरपालिका–१६ का ८२ वर्षीय मदन श्रेष्ठ र अहिल्या श्रेष्ठको सहयोगमा सिरहामा चिसोबाट प्रभावित विपन्न गरिब परिवारलाई कम्बल वितरण गरिएको हो । सिरहा नगरपालिका वडा नम्बर ६, १६ र १७ का विपन्न गरिब परिवारलाई कम्बल वितरण गरिएको जिल्ला समन्वय समिति सिरहाका पूर्व उपसभापति सरोज कुमार यादवले बताए ।
यस्तै विष्णुपुर गाउँपालिकाको वडा नम्बर ५ लक्ष्मीपुरमा रहेका विपन्न गरिब मुसहर, महरा, दास समुदायका परिवारलाई कम्बल वितरण गरिएको पूर्व उपसभापति यादवले बताए ।
कम्बल वितरण कार्यक्रममा सिरहाका स्थानीय युवा जितेश कर्ण र दीप फाउन्डेशनका कोषाध्यक्ष अरुण कुमार गुर्मैता सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय