सिरहा। सिरहामा क्षेत्र नम्वर ४ (१) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएको छ । उनी नेकपा माओवादी केन्द्रका महेन्द्र पासमानलाई एक हजार १ सय ४६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । साहले ८ हजार २ सय २९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी महेन्द्र पासमानले ७ हजार ८३ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रकाश महासेठले ६ हजार ८ सय ७८ मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय