काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्  ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै कँडेलले देशमा व्याप्त विकृति अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरि देश विकासका लागि समग्र युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

उनी विभिन्न सामाजिक गतिविधि र व्यापार व्यवसायमा संलग्न छन् । उनले हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्मलगायत व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

यसअघि उनले काठमाडौंलाई धुलोरहित बनाउन ‘जाग्यो नेपाल’ अभियानको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय