संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरूमा आरोहण खुला गर्ने बताएका छन् । आइतवार नेपाल पर्वतारोहण संघको ३२ औं साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरूमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताए ।
मन्त्री श्रेष्ठले नेपालमा पर्यटकहरु प्राकृतिक मनोरम दृश्यहरु अवलोकनको लागि बढी आकर्षित भएर आउने गरेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास गर्न पर्यटकलाई आकर्षित गर्नसक्ने भनेको प्रकृति, साहसिक खेल र संस्कृति नै रहेको जिकिर गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै संघका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसँग सम्बन्धित सेवा सुविधा एकद्वार प्रणालीमार्फत लिने नीति लिनुपर्ने बताए । उनले साहसिक खेलहरु हिमचुली खुला गर्ने नीति आवश्यकता रहेको बताए । अध्यक्ष शेर्पाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा छुटै पर्वतारोही कक्ष व्यवस्थापन गर्न माग गरे ।
अध्यक्ष शेर्पाले विश्व विख्यात पर्वतारोहीको लागि विमानस्थलबाटै सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे ।



