हानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ जना चालकसहित १४ सवारी साधनालाई कारबाही गरेको छ ।
आइतबार ट्राफिक नियम उल्लंघन गरेको भन्दै एकै दिन १४ वटा स्कुलका सवारी साधनलाई कारबाही गरिएको हो ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १४ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौं नियमानुसार कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।



