जनकपुरधाम । सात दिनभित्र प्रहरी समायोजन नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित मधेस प्रदेश सरकारले प्रधानमन्त्री शेरवहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ । आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

प्रहरी र शान्ति–सुरक्षा सम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकार भित्र रहेको स्मरण गराउँदै ७ दिनभित्र प्रहरी समायोजन नटुंग्याए आन्दोलनमा उत्रिने ध्यानाकर्षण पत्रमा उल्लेख छ । मधेस प्रदेश सरकारले प्रहरी समायोजन र प्रदेश प्रहरी गठन गर्न सुरुदेखि नै बल गरिरहेको छ । तर, संघीय सरकारको अनिच्छाका कारण प्रहरी समायोजन हुन सकेको छैन ।

‘संघीय सरकारले तदारुकता नदेखाउँदा प्रहरी र प्रशासन बिना प्रदेश सरकारको अनुभूत हुन सकेको छैन,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ,‘ अगामी निर्वाचन अगावै समायोजित प्रहरीलाई प्रदेश सरकारसमक्ष हस्तान्तरण कार्यएक साताभित्र गरियोस् । तोकेको समयसिमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण अहिंसात्मक बिरोधका कार्यक्रम गर्न प्रदेश सरकार बाध्य हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!