ADVERTISEMENT
समाचार

जनकपुरमा भदौदेखि एमडी–एमएस कक्षा सञ्चालन गर्ने तयारी

ADVERTISEMENT
ADVERTISEMENT

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण भएसँगै प्रतिष्ठानलाई एमडी एमएस कक्षा सञ्चालनको बाटो खुलेको हो ।

ADVERTISEMENT

अबको एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए । ‘हामी भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारीमा छौँ’, उपकुलपति साहले भने, ‘लगभग सबै तयारी भइसकेको छ, नयाँ सत्र सञ्चालनसँगै एमडी एमएसको भर्ना खुला गर्छौ‌ ।’

प्रतिष्ठानसँग आफ्नो स्वामित्वको अस्पताल नहुँदा एमडी एमएस कक्षा सञ्चालनमा कठिनाइ भएको थियो । उनले भने, ‘तर प्रदेश सरकारले प्रादेशिक अस्पतालको स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गरेपछि एमडी एमएस कक्षा सञ्चालन गर्न सहज भएको छ ।’

स्थापना भएको करिब दुई वर्षकै अवधिमा बिएसी नर्सिङ, बिपीएच, बिएमएलटी र बिएनएस कक्षा सञ्चालन गर्न सफल प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालनको तयारी गरेको हो ।

मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थाेपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा साहले बताए । विसं २०७७ कात्तिकमा गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यताप्राप्त गरी विसं २०७८ मंसिर महिनादेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्ष सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको स्वास्थ्यसम्बन्धी शिक्षण प्रशिक्षण कोर्षअन्तर्गत बिएन एस संकायमा १६, बिएसी नर्सिङ, बिपीएच र बिएमएलटीमा एक–एक जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ । रासस

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!