ADVERTISEMENT
प्रदेश नं २समाचार

सिरहा उद्योग वाणिज्य संघको नव निर्वाचित समितिहरुले पदभार तथा शपथ ग्रहण

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा । सिरहा उद्योग वाणिज्य संघ सिरहाको नयाँ कार्य समिति चयनका लागि गरिएको निर्वाचनबाट नव निर्वाचित समितिलाई पदभार तथा शपथ ग्रहण गराईएको छ । सिरहा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराईएको हो ।
निर्वाचन समितिले आयोजना गरेको उक्त कार्यक्रममा नवनिर्वाचित समितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवत्ता बिरेन्द्र कुमार सिंहले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अमरनाथ साहको नेतृत्वमा रहेको नवनिर्वाचित समितिका पदाधिकारी तथा सम्पुर्ण सदस्यहरुले संस्थाको विधानमा टेकि यस क्षेत्रका व्यवसायीहरुको हक हित संरक्षणका लागि सदैव कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ADVERTISEMENT

नवनिर्वाचित अध्यक्ष अमरनाथ साह लगायतका १५ सदस्यीय पदाधिकारीले सपथ ग्रहण गर्दै सिरहा उद्योग वाणिज्य संघको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
पदभार हस्तान्तरण गर्दै निबर्तमान महासचिव राम प्रकाश महतोले आफ्नो कार्यकालमा भएका प्रगति विवरण तथा अनुभवहरु साटासाट गरेका थिए । उनले अबको बर्तमान कार्य समितिले यस क्षेत्रका व्यवसायीहरुलाई एकीकृत गर्न आवश्यक रहेको बताए । उनले आफ्नो कार्यकालमा कोरोना महामारी, लकडाउन जस्ता कठिन परिस्थितीको सामना गरी व्यवसायीहरुको हक हितको पक्षमा रहेको बताउँदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरे ।

त्यस्तै बर्तमान समितिका अध्यक्ष अमरनाथ साहले मतदान गरि आफ्नो नेतृत्वमा निर्वाचित सम्पुर्ण मतदाता, निर्वाचन मण्डल, निबर्तमा समिति सम्पुर्णलाई आभार प्रकट गरे । उनले पदभार ग्रहण गर्दै सदैव यस क्षेत्रका व्यवसायीहरुको हक हितमा कार्य गरी संस्थालाई अझ उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका कानून न्याय तथा संसदीय मामिला मन्त्री प्रमोद यादवले व्यापारीहरुले निर्धक भएर व्यापार व्यवसाय गर्न आग्रह गर्नुको साथै व्यापारीहरुलाई कुनै किसिमको समस्या भए आफु हरबखत व्यापारीहरुको साथ सहयोग लागि तयार रहेको बताए ।

प्रमुख निर्वाचन अधिकृत अधिवत्ता बिरेन्द्र कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका कानून न्याय तथा संसदीय मामिला मन्त्री प्रमोद यादव, विशिष्ठ अतिथी बिष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादव, प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी तथा अतिथीहरु जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अर्जुन प्रसाद तिमिलिसिन्हा, सशस्त्र प्रहरी बल नेपाल नं। ७ गणका प्रमुख एसपी राजेश थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिरहाका उप अनुसन्धान निर्देशक तुलसीराम प्रसाई, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा सिरहा शाखाका सभापति राजदेव यादव सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । त्यस क्रममा नयाँ समितिले सिरहाको उद्योग व्यपार फस्टाउने गरी विभिन्न

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!